बैशाख १५, २०८१, शनिबार
               

काठमाडौं उपत्यकामा आज कति थपिए संक्रमित ?

नेपाल फ्ल्यास
कात्तिक १५, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप एक हजार ३५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप एक हजार ३५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै एक हजार ११३जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी भक्तपुरमा ४९ जना र ललितपुरमा १९५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैबीच, आज देशभरमा थप दुई हजार ५०८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि