बैशाख ०८, २०८१, शनिबार
               

शनिबार थपिए २५ सयभन्दा बढी संक्रमित

नेपाल फ्ल्यास
कात्तिक १५, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

हाल देशभर ३८ हजार ५८४ जना सक्रिय संक्रमित रहेका छन् ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप दुई हजार ५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ७० हजार ७४३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा दुई हजार २६४ जना कोरोना संक्रमित कोरोना मुक्त (डिस्चार्ज) भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या एक लाख ३१ हजार २२२ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ९३७ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि