बैशाख १४, २०८१, शुक्रबार
               

नेपालसँगको छलफलपछि बालुवाटार पुगे प्रचण्ड

नेपाल फ्ल्यास
कात्तिक १५, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् ।

वरिष्ठ नेता मधवकुमार नेपालसँग शनिबार बिहान आफ्नै निवासमा छलफल गरेका प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि दिउँसो सवा १ बजे बालुवाटार पुगेका हुन् ।

अध्यक्षद्वयबीच अहिले प्रधानमन्त्री निवासमा छलफल भइरहेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

पछिल्लो समय पार्टीभित्र देखिएको विवाद समधानका विषयमा दुई अध्यक्षबीच छलफल भइरहेको सापकोटाले जानकारी दिए ।

पार्टीभित्रको विवाद समधान र समसामयिक राजनीतिक विषयमा कुरा भइरहेको उनले बताए ।

पछिल्लो समय कर्णाली प्रदेशमा देखिएको विवादलाई लिएर दुई अध्यक्षले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेपछि संवाद रोकिएको थियो । त्यसअघि दुई अध्यक्षबीच निरन्तर संवाद हुँदै आएको थियो ।

दुई अध्यक्षबीच संवाद रोकिएपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र शंकर पोखरेलले संवादका लागि निरन्तर पहल गर्दै आइरहेका थिए ।

प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर पछिल्लो समय अध्यक्ष प्रचण्डले असन्तुष्टि जनाउँदै आएका थिए । उनले निष्कर्षहीन संवाद गरिरहनुको औचित्व नहुने भन्दै आफू बालुवाटर नआउने बताएका थिए ।


कस्तो लाग्यो ?

यो पनि