बैशाख १४, २०८१, शुक्रबार
               

कोरोना संक्रमित पत्रकार चौलागाईंको निधन

नेपाल फ्ल्यास
कात्तिक १४, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको ओम अस्पतालमा उपचाररत काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईंको निधन भएको छ ।

काभ्रे पोस्टका प्रधान सम्पादक चौलागाईंको ५१ वर्षको उमेरमा शुक्रबार बिहान ४ बजे निधन भएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले चौलगाइको निधनप्रति दुःख व्यक्त गरेका छन् । ‘काभ्रेका सक्रिय र प्रिय पत्रकार विष्णु चौलागाईको अकल्पनीय अवशान भएको थाहा पाएँ । दुःखद निधनको यो खबर पत्याउनै गाह्रो पर्यो । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि परिवारजनमा गहिरो समवेदना अर्पण गर्दछु’, थापाले ट्विटरमा लेखेका छन् ।

नेपाल पत्रकार महासघका अध्यक्ष गोविन्द आचार्यले चौलागाईंको निधनले आफू स्तब्ध भएको बताएका छन् । 

त्यस्तै पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले पनि उनको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

पत्रकार चौलागाई‌ंमा असोज २६ गते कोरोना पुष्टि भएको थियो भने कात्तिक १ गते काठमाडौंको ओम अस्पताल भर्ना गरिएको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

यसअघि सोमबार पत्रकार गोपाल सिवाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । 

यो पनि