बैशाख १४, २०८१, शुक्रबार
               

कोरोनाका कारण चितवनमा थप दुई जनाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक १४, २०७७

ADVERTISEMENT

चितवन । कोरोनाका कारण चितवनमा थप दुई  कोरोना संक्रमितको मृत्यु भएको छ ।  शुक्रबार चितवन मेडिकल कलेजमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा एक चितवन र अर्का रुपन्देहीका पुरुष छन् । 

जसमा चितवनको रत्ननगरपालिका -९ का ८८ वर्षीय पुरुषको मृत्यु हुन भने अर्का रुपन्देही बुटवल नगरपालिका-८ का ८४ वर्षीय पुरुष हुन् । 

चितवनका पुरुष उच्च रक्तचाप र मधुमेहको समस्याबाट पीडित थिए ।  उनी कात्तिक ११ गते उपचारका लागि सो अस्पतालमा भर्ना भएका थिए । उनको स्वाव परीक्षण गर्दा १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको अस्पतालको कोभिड आईसियुकक्षमा उपचार भइरहेको थियो ।

यसैगरी, सो अस्पतालमा मृत्यु भएका अर्का बटवल उपमहानगरपालिका-८ का ८४ वर्षीय पुरुष हुन् । कोरोना संक्रमणका कारण मृत्यु भएका उनी  कात्तिक ३ गते उनमा कोरोना पुष्टि भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि