बैशाख १४, २०८१, शुक्रबार
               

चितवनमा कोरोना सङ्क्रमितकाे मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ११, २०७७

ADVERTISEMENT

चितवनमा थप एक कोरोना (कोभिड १९) सङक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको गैडाकोट नगरपालिका-२ का ५४ वर्षीय पुरुषको मृत्यु भएको हो । 

श्वासप्रश्वासको समस्या भएर कात्तिक ३ गते अस्पताल भर्ना भएका उनको आज बेलुका साढे ५ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।

मृतकलाई यही कात्तिक ४ गते कोरोना पुष्टि भएको थियो । उनको अवस्था जटिल बन्दै गएपछि अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । मृतक पुरुष मधुमेहको समेत बिरामी थिए ।


कस्तो लाग्यो ?

यो पनि