बैशाख २६, २०८१, बुधबार
               

असई र हवल्दारको परिवारलाई दुई/दुई लाख दिने सुदूरपश्चिम सरकारको निर्णय

नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले असई गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई दुई/दुई लाख दिने निर्णय गरेको छ ।

प्रदेश सरकारको बिहीबार बिहान बसेको मन्त्रिपरिषद् तस्करी नियन्त्रणका क्रममा तस्करको घेराबन्दीमा परी मृत भएका उनीहरुको परिवारलाई सो रकम हस्तान्तरण गर्ने निर्णय गरेको हो । 

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले तत्काल परिवारका सदस्यहरुलाई एक/एक लाख उपलब्ध गराउने र बाँकी एक/एक लाख उनीहरुका सन्तानक लागि मुद्दति खातामा राखिदिने निर्णय भएको छ । 

शनिबार साँझ ड्युटीमा गएका बेला दुवैजनाको हत्या भएको थियो । असई विकको हत्या भएकै भोलिपल्ट शव भेटिए पनि हवल्दारको शव भने मंगलबार मात्रै नदीभित्र बालुवाले छोपेको अवस्थामा फेला परेको थियो । उनीहरुको हत्यामा संलग्न भएको अभियोगमा  सात जनालाई प्रहरीले नियन्त्रणमा लएको छ । 

यो पनि