बैशाख १५, २०८१, शनिबार
               

चितवनमा वडा सदस्यसहित तीन सङ्क्रमितको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७

ADVERTISEMENT

चितवनका विभिन्न अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत दुई जना र चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना सङ्क्रमितको उपचारका क्रममा शनिबार मृत्यु भएको हो । 

मृतकमध्ये दुई जना चितवनका र एक जना रौतहटका छन् । भरतपुर अस्पतालमा उपचाररत रौतहटको माधवनारायण ७ की ७० वर्षीया महिलाको आज विहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । गत असोज २९ गते ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भई ती महिला आइसोलेसनमा भर्ना भएकी थिइन् । असोज २८ गते सङ्क्रमण  पुष्टि भएपछि उनी आइसोलेसनमा बसेकी थिइन् ।

यस्तै आजै भरतपुर अस्पतालमा एक जनप्रतिनिधिको निधन भएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका १२ का नेपाली काँग्रेसका तर्फबाट निर्वाचित वडा सदस्य कोरोना सङ्क्रमित ४१ वर्षीय बद्रीबहादुर पाण्डेको निधन भएको हो । 

चितवन मेडिकल कलेज भरतपुरमा खैरहनी नगरपालिका वडा नम्बर ६ की ६८ वर्षीया सङ्क्रमित  महिलाको पनि आज विहान मृत्यु भएको छ । कोभिड सघन उपचार कक्षमा उपचाररत ती महिलाको विहान मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि