बैशाख १४, २०८१, शुक्रबार
               

प्रधानमन्त्रीको अभिव्यक्तिपछि बाबुराम भट्टराईको काउन्टर जवाफ

नेपाल फ्ल्यास
असोज ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बूढीगण्डकीबारे पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दिएको अभिव्यक्ति निराधार र गैरजिम्मेवार रहेको अभिव्यक्ति दिएपछि डा. भट्टराईले त्यसको काउन्टर जवाफ दिएका छन् । 

प्रधानमन्त्री केपी ओलीले अज (शुक्रबार) नेपाल प्रहरी दिवसका अवसरमा भट्टराईको अभिव्यक्ति निराधार र गैरजिम्मेवार भएको बताएका थिए ।

‘हामी त्यस्तो गैरजिम्मेवार र अनैतिक हुन सक्दैनौं,’ प्रधानमन्त्रीले भट्टराईले दिएको अभिव्यक्तिको खण्डन गर्दै भनेका थिए । 

तर प्रधानमन्त्री ओलीले सो अभिव्यक्ति दिएको एक घण्टा नबित्दै डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत ‘प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रष्टाचारप्रति साँच्चै शून्य शहनशीलता हो भने बूढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रेस, यति, ओम्नी लगायत ठूला भ्रष्टाचार प्रकरणको उच्चस्तरीय निश्पक्ष छानविन गर्न कसले रोकेको हो ?’ भन्दै प्रश्न गरेका हुन् । 

भट्राईले लेखेका छन्, ‘कुराले होइन काम गरेर देखाउनुस् नत्र ढाँटको कुरा खाई पत्याउनु..।’  

डा. भट्टराईले गत साता बूढीगण्डकी परियोजनामा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री प्रचण्ड र शेरबहादुर देउवाले नौ अर्ब भ्रष्टाचार गरेको आफूसँग प्रमाण रहेको बताएका थिए । 

भट्टराईको यो भनाइको काँग्रेस र नेकपाले विज्ञप्ति निकालेर खण्डन गरिसकेको छ । 

भट्टराईको अभिव्यक्ति सार्वजनिक भएपछि उनलाई प्रमाण सार्वजनिक गर्न नागरिकस्तरबाट दवाव समेत बढेको छ ।  


कस्तो लाग्यो ?

यो पनि