बैशाख १५, २०८१, शनिबार
               

बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको यस्तो जवाफ

नेपाल फ्ल्यास
असोज ३०, २०७७

ADVERTISEMENT

काठमाडौं ।  ‘बुढीगण्डकी आयोजनामा अर्बौ भ्रष्टाचार भएको’ भन्ने डा. बावुराम भट्टराइको अभिव्यक्तिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले खण्डन गरेका छन् । 

६५ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘हामि त्यस्तो गैह्रजिम्मेवार र अनैतिक हुन सक्दैनौ, त्यस्ता हर्कत हामी गर्न सक्दैनौं ।’

आफ्नो सरकारले भ्रष्टाचार बिरुद्ध शून्य सहनशिलताको निति लिएको दावी गर्दै ओलीले डा. भट्टराईप्रति संकेत गर्दै भने, ‘केहीले गैह्रजिम्मेवार तरिकाले बोलेर हिँडेको सुनेँ, कार्यारम्भ नै नभएको कसले कसरी काम गर्छ भन्ने टुंगो नभएको आयोजनामा बाँडेर खाए भन्ने गैह्रजिम्मेवारी अभिव्यक्ति निराधार छ ।’ 

आफू जिम्मेवार भएर मात्रै अगाडि बढ्ने प्रधानमन्त्री ओलीले बताए । 

भ्रष्टाचार विरुद्धको शून्य सहनशिलता र कार्यान्वयनमा प्रहरीको मूख्य भुमिका रहने समेत उनले बताए ।

डा. भट्टराईले केही दिनअघि गोरखामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली र प्रचण्ड र कांग्रेस सभापति शेर बहादुर देउवासहितका ठूला नेताहरुले बुढीगण्डकी आयोजनाको अर्बौ रकम बाँडेर भ्रष्टाचार गरेको आरोप लगाएका थिए । 


कस्तो लाग्यो ?

यो पनि