काठमाडौं । पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाडौं, ललितपुर, सुनसरी, चितवन र रुपन्देहीका छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६४५ पुगेको छ ।
देशभरका आइसियूमा २७९ जना संक्रमितको उपचार भइरहेको छ । त्यसैगरी भेन्टिलेटरमा ६७ जना उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा चार हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्रै २२ सय ८३ जना कोरोना संक्रमित थपिएका छन् ।
त्यसैगरी १४ सय ७३ जना संक्रमणमुक्त (डिस्चार्ज) भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० छ ।