बैशाख १४, २०८१, शुक्रबार
               

मुख्यमन्त्री शाहीले हटाए प्रमुख सचेतक शाह

नेपाल फ्ल्यास
असोज २६, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजङ शाहलाई पदमुक्त गरिएको छ ।

संसदीय दलका नेतालाई जानकारी नगराइ भोलि (मंगलबार) दलको बैठक बोलाएपछि दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शाहलाई प्रमुख सचेतकबाट हटाएका हुन् ।

कामकारबाही सन्तोषजनक नभएको भन्दै शाहलाई सोमबार प्रमुख सचेतकबाट हटाइएको मुख्यमन्त्री शाहीले जानकारी दिएका छन् ।

मुख्यमन्त्री शाहीले आजै प्रमुख सचेतकको जिम्मेवारी प्रदेश सांसद सीता नेपालीलाई दिएका छन् । नेपाली यसअघि सचेतक थिइन् ।

अब दल नेता शाहीको परामर्शमा आवश्यक परे नेपालीले दलको बैठक बोलाउनसक्नेछिन् ।

दलका नेताले प्रमुख सचेतक तोक्ने र हटाउने प्रावधानको प्रयोग गरी शाहलाई बरखास्त गरिएको मुख्यमन्त्री शाहीको सचिवालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि