बैशाख १४, २०८१, शुक्रबार
               

ओली-प्रचण्डबीच आज के भयो कुराकानी ?

नेपाल फ्ल्यास
असोज २४, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ ।

दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा करिब साढे २ घन्टा लामो छलफल भएको थियो । पार्टी एकताको बाँकी काम सक्ने विषयमा आजको छलफल केन्द्रित रहेको थियो । तर, छलफल ठोस निष्कर्षमा भने पुग्न सकेन ।

बैठकमा महासचिव विष्णु पौडेलसमेत सहभागी थिए । दुई अध्यक्षले पार्टी एकताको बाँकी काम टुंग्याउन प्रस्ताव तयार पार्ने विषयमा नै आजको छलफल केन्द्रित रहेको बताइएको छ । 

छलफललाई निरन्तरता दिने भन्दै आजको भेटवार्ता सकिएको बालुवाटार स्रोतले जानकारी दिएको छ। 

यसैबीच, मन्त्रीपरिषद पुनर्गठन अहिलेसम्म अन्यौलमै छ। दुई अध्यक्षबीच पुनर्गठनका विषयमा सहमति बन्न नसक्दा मन्त्रीपरिषद पुनर्गठनमा ढिलाई भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि