बैशाख १४, २०८१, शुक्रबार
               

गायक राज सागर बहुलाए

नेपाल फ्ल्यास
असोज २३, २०७७

ADVERTISEMENT

गजल गायक तथा संगीतकार राज सागर र गजलकार एवं सञ्चारकर्मी विकास प्रहरको दोस्रो गजल ‘बहुलाएँ म’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यसअघि उनीहरुको गजल ‘रक्तलाली’ बजारमा आइसकेको छ । ‘बहुलाएँ म’को संगीत संयोजन किरण कणेलको रहेको छ। म्युजिक भिडियोलाई रञ्जिता शिवाकोटीले निर्देशन गरेकी हुन् ।

गजल गायक राज सागरको पहिलो रेकर्डिङ्ग भएको गजल हो । भिडियोमा सहनिर्देशन आकाश उखेडाले गरेका छन् भने नृत्य निर्देशन प्रख्यात घिमिरेको रहेको छ। भिडियोलाई छायाँकन सुजय गौतमले गरेका छन् ।

भिडियोको सम्पादन प्रज्वलित पराजुलिको रहेको छ। भिडियोमा प्रकृति खतिवडा, आर्शु महर्जन, बिनिता पाण्डे, अरुण खड्का, सागर भट्टको अभियन रहेको छ । भिडियोमा स्वार्थमा हुर्कने प्रेम सम्बन्धले दिगो रुप लिन नसक्ने देखाइएको छ । 


 


कस्तो लाग्यो ?

यो पनि