बैशाख २६, २०८१, बुधबार
               

शनिबार थपिए १ हजार २०७ नयाँ संक्रमित

नेपाल फ्ल्यास
असोज १०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

शनिबनर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा थप एक हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७१ हजार ८२१ पुगेको छ ।

गएको २४ घण्टामा १० हजार १९ पिसिआर परीक्षण भएको छ । योसँगै हालसम्म ९ लाख ७८ हजार २०४ पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि