बैशाख १२, २०८१, बुधबार
               

नेपालमा एकैदिन थपिए १३ सयभन्दा बढी संक्रमित

नेपाल फ्ल्यास
असोज ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा थप एक हजार ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७० हजार ६१४ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २८९ रहेको छ । 

संस्थागत आइसोलेसनमा आठ हजार २३७ जना र होम आइसोलेसनमा १० हजार ५२ जना छन् । 

पछिल्लो २४ घण्टामा एक हजार ४५५ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ ।

हाल ६ हजार ४६४ जान क्वारेन्टाइनमा छन् । गएको २४ घण्टामा १२ हजार २६२ पिसिआर परीक्षण भएको छ । योसँगै हालसम्म ९ लाख ६८ हजार १८५ पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, आइसीयूमा २२७ जना र भेन्टिलेटरमा ३९ जना उपचाररत छन् । 

पछिल्लो २४ घण्टामा तीन महिला र तीन पुरुष गरी ६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म ४५९ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि