बैशाख १४, २०८१, शुक्रबार
               

प्रविन बेडवालको स्वर र अर्जुनको पोखरेलको संगीतमा ‘नबोली नबोली’  (भिडियोसहित)

नेपाल फ्ल्यास
असोज ०९, २०७७

ADVERTISEMENT

नेपाल आइडल–३ का फस्ट रनरअप प्रविन बेडवाल र समीक्षा अधिकारीको स्वरमा ‘नबोली नबोली’ बोलको गीत सार्वजनिक भएको छ । सफल संगितकार अर्जुन पोखरेलको संगित तथा कम्पोज अनि शब्दमा सजिएको गीतमा युवा पुस्ताको माया प्रेमको अवस्था चित्रित गरिएको छ ।

युटुवमार्फत सार्वजनिक भएपछि गायक बेडवालले दर्शक श्रोताहरुको मायालाई सम्मान गर्दै आफूले राम्रो प्रयास गरेको प्रतिक्रिया दिएका छन् । गीतको म्युजिक भिडियो पनि कथासहित उत्कृष्ट बनाइएको छ ।

‘गीतमा तपाईंहरुको यथार्थता पनि जोडिएको हुन सक्छ । मैले मेरो क्षमताले भ्याएसम्म उत्कृष्ट स्वर भरेको छु । आजको दिनसम्म यहाँहरुले मलाई दिएको माया अनि साथको नतिजा पनि हो यो,’ प्रविनले भने ।

प्रविनले यसअघि स्व. राष्ट्रकवि माधवप्रसाद घिमिरेज्यूले लेख्नुभएको शब्द  र उहँको प्रीति पहिले हो कि बोलको गीत ल्याएको थिए । जसलाई श्रोताहरुले अत्यधिक मन पराएका थिए । सो गीत पहिला पनि जगदीश समाल र सपना श्रीले गाएका थिए । 

 


कस्तो लाग्यो ?

यो पनि