बैशाख २६, २०८१, बुधबार
               

काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली कायमै

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

काठमाडौं  । लामाे दूरीका यातायात बिहीबारदेखि खुले पनि काठमाडौं उपत्यकाभित्र जोरबिजोर प्रणाली कायमै रहने भएकाे छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा कायमै राख्ने निर्णय गरेको हो ।

उपत्यकाभित्र सरकारको तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य पालना गराउने गरी जोर/बिजोजर प्रणाली यथावत राख्दै सार्वजनिक तथा निजी सवारी साधनहरू संचालन गर्ने दिने निर्णय भएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासनले जारी गरेको आदेशमा खुल्ला स्थानमा मानिहरू भेला हुन, भीडभाड गर्न र सभा, जुलुस, महोत्सव भोजभतेर गर्न निषेध गरिएको उल्लेख छ-‘अत्यावश्यक सेवा, कार्यालय आवतजावत र सबै प्रकारका ढुवानीका साधनको हकमा जोरबिजोर प्रणाली लागू हुनेछैन।’

यो पनि