बैशाख २६, २०८१, बुधबार
               

मृत्यु भइसकेकाहरूको कोरोना परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयकाे निर्देशन

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । मृत्यु भइसकेका व्यक्तिहरूको कोरोना परीक्षण नगर्न  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले शंकास्पद व्यक्तिको मृत्युपछि कोरोना परीक्षण नगर्न नगराउन भनेको हो । तर शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउनुपर्ने र सम्पर्कमा आएकाहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण लिएर अस्पताल पुगेका वा घरमै मृत्यु भएकाहरूको स्वाब संकलन गरेर परीक्षण गर्ने गरिएको छ । यसरी परीक्षण गर्दा कोभिड–१९ संक्रमण पुष्टि भएका थुप्रै केस छन् ।

तर अब सरकारले मृत्यु भइसककोहरुको पीसीआर टेष्ट नगर्न निर्देशन दिएकाे हाे ।


कस्तो लाग्यो ?

यो पनि