बैशाख १४, २०८१, शुक्रबार
               

तुलसीपुरका तीन कर्मचारी र चार स्वास्थ्यकर्मीमा कोरोना

नेपाल फ्ल्यास
भदौ २७, २०७७

ADVERTISEMENT

दाङको तुलसीपुर उपमहानगरपालिकामा कार्यरत तीन कर्मचारी र चार स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा  तुलसीपुरका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो  । 

उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीका अनुसार वडा न. ८ स्थित भिमसेन नगर सहरी प्रवर्द्धन केन्द्र, वडा नं ३ स्थित प्रतापकोट वडा स्वास्थ्य केन्द्र, वडा नं १९ छिल्लीकोट सामुदायिक स्वास्थ्य चौकी, वडा नं ६ स्थित गोलौरा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना सङक्रमण पुष्टि भएको छ ।

तीमध्ये कर्मचारी, स्वास्थ्यकर्मीसहित कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्ति रहेका छन् । जम्मा ८९ जनाको स्वाब परीक्षण गर्दा वडा नं ६ का छ, वडा नं १८ का चार, वडा न. २, ८ र १६, मा २/२ जना तथा वडा नं ३,४, ५, १५, १७ र १८ मा एक/एक जनामा कोरोना सङक्रमण पुष्टि भएको हो ।

यो पनि