बैशाख २४, २०८१, सोमबार
               

पोखराका १० जनासहित गण्डकीमा थपिए ४५ संक्रमित

नेपाल फ्ल्यास
भदौ २७, २०७७

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेशमा आज (शनिबार) बिहान थप ४५ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् ।

क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको पिसिआर परीक्षणमा ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये पोखरा महानगरपालिकाका १० जना, नवलपरासी पूर्वका ३४ जना र गोरखा आरुघाटका एक जना रहेका छन् । 

सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङको आधारमा पहिचान भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ । संक्रमितहरुलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ८६५ पुगेको छ भने २४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि