बैशाख १४, २०८१, शुक्रबार
               

महिलाको अन्त्येष्टिपछि कोरोना पुष्टि, सांसद र वडाध्यक्षसहित सयौं गएका थिए रामघाट

नेपाल फ्ल्यास
भदौ २७, २०७७

ADVERTISEMENT

पोखरा । पोखरामा दाहसंस्कार गरिसकेपछि मृतक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखराको फिस्टेल हस्पिटलको आइसियूमा उपचाररत पोखरा-५ मालेपाटनकी ४५ वर्षिया महिलाको हिजो (शुक्रबार) मृत्यु भएको थियो । मृतक महिलाको शुक्रबार नै अन्त्येष्टि गरिएको थियो ।

महिलाको अन्त्येष्टिपछि आएको स्वाब परीक्षणको नतिजामा  उनमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

मृतक महिलाको धार्मिक परम्परा अनुसार पोखरा स्थित रामघाटमा दाह संस्कार गरिएको थियो । 

उनलाई अन्तिम श्रद्धाञ्जली दिन गण्डकी प्रदेशका सांसद रामजी बराल, सांसद राजिव पहारी, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर गुरुङ, उपाध्यक्ष कृष्ण कुमारी पौडेल दवाडी, पर्यटन व्यवसायीहरु लगाएत सयौं व्यक्ति रामघाट पुगेका थिए ।

गण्डकी प्रदेशसभा सांसद रामजी बरालले मृतकमा कोरोना संक्रमण पुष्टि भएको थाहा पाउनासाथ आफू होम क्वारेन्टाइनमा बसिसकेको जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि