बैशाख १४, २०८१, शुक्रबार
               

बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक जारी

नेपाल फ्ल्यास
भदौ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरू भएको छ ।

शुक्रबार बिहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिए ।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले यसअघि तयार पारिएको प्रस्ताव पेश गर्नेछन् ।

पार्टीभित्रको विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनमा केही परिमार्जन गरेर अध्यक्षद्वयले १५ बुँदे प्रस्ताव तयार पारेका छन् ।

गत असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक 'पार्टीभित्र देखिएको विवादका कारण'  मूल कार्यसूचीमै प्रवेश नगरी स्थगित हुँदै आएको थियो ।

स्थायी कमिटी बैठक साउन १३ देखि अनिश्चितकालका लागि स्थगित भएको थियो ।

नेकपाले स्थायी कमिटीको बैठकलाई सम्भव भएसम्म आजै टुङ्ग्याउने जनाएको छ।

आजको बैठक सुरु हुनुअघि अध्यक्षद्वय (ओली-प्रचण्ड) बीच करिब आधा घण्टा 'वान टु अन वान' छलफल भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि