जेठ ०१, २०८१, मंगलबार
               

ट्राफिक जवान कुट्ने ९ जना पक्राउ

नेपाल फ्ल्यास
भदौ १८, २०७७

ADVERTISEMENT

ललितपुर । मछिन्द्रनाथकाे रथ तान्ने विषयमा आज ललितपुरमा तनब भएपछि जावलाखेल, पुल्चोक र मंगलबजारबाट आउने सवारी साधनलाई ‘डाइभर्ट’ गर्न हिडेका प्रहरीमाथि निर्घात कुटपिट गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार दिउँसो ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई  पुलचाेक नजिकै कुटपिट गरिएकाे थियो । कुटपिटमा संलग्नलाई पक्राउ गरेर ललितपुर प्रहरी परिसरमा ल्याइएको प्रहरीले जनाएकाे छ । 

पक्राउ परेका व्यक्तिलाई अहिले क्वारेन्टाइनमा राखिएको छ । उनीहरूको पिसीआर जाँच गरेर कानूनी कारबाही अघि बढाइने ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताए ।

यो पनि