जेठ ०१, २०८१, मंगलबार
               

प्रहरी जवानलाई पिट्नेहरूको खोजीमा लाग्यो प्रहरी

नेपाल फ्ल्यास
भदौ १८, २०७७

ADVERTISEMENT

ललितपुर । प्रहरीले ट्राफिक जवानमाथि निर्घात कुटपिट गर्नेहरूकाे खोजी सुरु गरेकाे छ । 

घटनाको सीसीटिभी फुटेज र सामाजिक सञ्जालमा आएका भिडियोकाे आधारमा घटनामा संलग्नको पहिचान भइरहेको प्रहरीले जनाएकाे छ । 

मंगलबजार प्रभागमा कार्यरत कुटाइ खाएका प्रहरी जवानकमलप्रसाद घिमिरेको अहिले अल्का अस्पतालमा उपचार भइरहेको छ ।

स्थानीय प्रशासनको अनुमतिबिनै निषेधाज्ञा बीचमा स्थानीयले मछिन्द्रनाथकाे रथ तान्न थालेपछि प्रहरीले त्यसलाई रोक्ने क्रममा केही समय तनावग्रस्त बनेकाे हाे ।

बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्न भेला भएकाहरूले ट्राफिक प्रहरी जवान घिमिरेलाई घेरा हाली कुटपिट गरेका हुन् । घटनामा संलग्नहरुको पहिचान गरी कारबाही गरिने महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

यो पनि