बैशाख १४, २०८१, शुक्रबार
               

रेखाको फिटनेस

नेपाल फ्ल्यास
भदौ ०९, २०७७

ADVERTISEMENT

पछिल्लो समय नायिका रेखा थापाले फिटनेसमा खुबै ध्यान दिइरहेकी छन् । केही समयदेखि जिम धाइरहेकी रेखा कोरोनाका कारण जिम जान पइनन् । त्यसैले अहिले रेखा घरमा नै बसेर आफ्नो फिटनेसमा ध्यान दिइरहेकी छिन् ।

रेखा अहिले योगमा जोड दिइरहेकी छिन् । फिटनेस ट्रेनर विजु पार्कीसँग उनले योग सिकिरहेकी छन् । रेखाले सामाजिक सञ्जालमा आफूले गरेको योगासनका तस्वीर तथा भिडियो हालिरहेकी हुन्छिन् ।

उनले विभिन्न योगा पोजका तस्वीरहरु सामाजिक संजालमा हालिरहेकी हुन्छिन् । उनले आफ्नो शरीर व्यालेन्स गरेका तस्वीरहरु भने भाइरल नै हुन्छन् ।

रेखाले आफ्नो ७० केजी तौल अहिले ५० मा झारेकी छिन् । त्यसैलाई मेन्टेन गर्न पनि उनी नियमित योगाहरु गरिरहेकी हुन्छिन् ।  

रेखा नयाँ चलचित्रको पनि तयारीमा छिन् । सौगात मल्लसँग जोडी बाँधेर रेखाले नयाँ चलचित्र बनाउँदैछिन् । उक्त चलचित्रको छायाङ्कन भदौको दोस्रो साताबाट हुने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि