बैशाख १५, २०८१, शनिबार
               

कोरोना संक्रमण जोखिम बढेको भन्दै प्रचण्डले गरे भेटघाट बन्द

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटघाट बन्द गरेका छन् । कोभिड १९ को संक्रमण जोखिम बढेको भन्दै प्रचण्डले भेटघाट बन्द गरेको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

केही दिनअघि प्रचण्डको बाहिरी घेराको सुरक्षामा रहेका ६ जना सुरक्षाकर्मीलाई कोभिड १९ संक्रमण देखिएको थियो । सुरक्षाकर्मीलाई संक्रमण देखिएपछि प्रचण्डको सचिवालय, परिवारका सदस्य र अरु सुरक्षाकर्मीको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । यद्यपि एक हप्ताका लागि उनले भेटघाट नगर्ने निर्णय गरेका हुन् ।

 'कुनै इमरजेन्सी बाहेकका भेटघाट बन्द गर्नु भएको हो, 'सापकोटाले भने, 'अर्को रिपोर्ट नआएसम्म अलग्गै बस्ने भन्नुभएको हो।'

नेकपा भित्रको बिवाद बढिरहेका बेला नेताहरुले भेटघाट तीब्र बनाएका थिए । तर पछिल्ला दिनमा संक्रममणको जोखिम बढेपछि विभिन्न राजनीतिक दलका नेताहरुले भेटघाट बन्द गर्न थालेका छन् । यसअघि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि भेटघाट बन्द गरेको घोषणा गरेका थिए ।

यो पनि