बैशाख २६, २०८१, बुधबार
               

पार्टी एकताको पक्षमा दबाब दिन सांसदहरुको हस्ताक्षर
पूर्वमाओवादीको संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ५० भन्दा बढी सांसदले पार्टी एकताका पक्षमा दबाब दिन हस्ताक्षर गरेका छन् । पार्टीका दुबै अध्यक्षहरू र शीर्ष नेताहरुलाई एक भई मिल्न दवाव दिन हस्ताक्षर संकलन गरेको सांसदहरुको दाबी छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालनिकट सांसदहरूले शीर्ष नेतालाई दबाब दिन आइतबार दिउँसो हस्ताक्षर र धारणा सार्वजनिक गर्न लागेको सांसद विशाल भट्टराईले जानकारी दिए ।

पूर्वमाओवादीको संसदीय दलको कार्यालयमा आज दिउँसो पत्रकार सम्मेलन गरेर हस्ताक्षर र धारणा सार्वजनिक गर्न लागिएको हो । ओली निकट सांसद भट्टराईले भने, ‘अहिलेको अवस्थामा पार्टी विभाजन गर्न हुन्न बरू एकतालाई मजबुद बनाउनु पर्छ भन्ने दबाब दिन हामीले हस्ताक्षर गरेका हौं, हाम्रो पार्टीका अधिकांश सांसदहरुको हस्ताक्षर संकलन गरिसकेका छौं ।’ 

पछिल्लो समय नेकपामा प्रधानमन्त्री ओली र  अर्का अध्यक्ष प्रचण्ड र नेपाल समूहबीच विवाद चुलिँदै गएको छ । विवाद चुलिँदै जाँदा 'दुई वर्ष अघि एक भएको पार्टी विभाजन त हुने होइन ?' भन्ने चिन्ता आमकार्यकर्तामा छ । शीर्ष नेताहरु झन्डै दुई महिनादेखि आ–आफ्नो अडानमा बसेका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले एकतर्फी रुपमा स्थायी कमिटी बैठक स्थगित गरेर र अर्का अध्यक्ष प्रचण्डले स्थगित भनिएको बैठक सूचारु गरेर आ–आफ्ना कदम चालेका छन् । 

दुवै पक्षका रणनीतिक कदमले नेकपा विवाद नयाँ चरणमा त पुगेकै विश्लेषण भइरहँदा सांसदहरुले 'एकताको पक्षमा' हस्ताक्षर अभियान चलाएका हुन् ।

एकताको लागि दवाबपछि ओली,  प्रचण्ड दुवै पक्षले चाल्ने अर्को कदमलाई लिएर पार्टीभित्र र बाहिर चौतर्फी चासो बढेको छ । 

दुवै पदबाट ओलीको राजीनामा मागेको प्रचण्ड–नेपाल समूह र दुवै पद नछाड्ने ओलीको अडानबीच (एक–एक कदम अगाडि बढेसँगै) दुवै पक्ष थप नयाँ रणनीति निर्माणमा पनि जुटेका हुन् । यसअघि प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा हस्ताक्षर संकलन गरेका थिए । 


कस्तो लाग्यो ?

यो पनि