बैशाख १४, २०८१, शुक्रबार
               

पशुपति शर्मा र रमिला न्यौपानेको ‘पीर नभाको को छ र ?’ (भिडियोसहित)

नेपाल फ्ल्यास
साउन २४, २०७७

ADVERTISEMENT

काठमाडौं । लोकगायक पशुपति शर्मा र गायिका रमिला न्यौपानेको नयाँ गीत सार्वजनिक भएको छ । तीज नजिकिएसँगै यतिबेला नयाँ गीत सार्वजनिक गर्ने होडबाजी चलेको बेला गायक शर्मा र गायिका न्यौपानेको आवाजमा नयाँ गीत सार्वजनिक भएको हो ।

‘पीर नभाको को छ र ?’ बोलको गीत गायक शर्माले आफ्नो यूट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । गीतमा लय र शब्द पशुपति शर्माको रहेको छ भने स्वर पशुपति र रमिलाको रहेको छ ।

उक्त गीतलाई दुर्गा पौडेलले निर्देशन गरेका हुन् भने छायांकन पनि पौडेल आफैँले गरेका छन् । नवीन घर्ती मगरले सम्पादन गरेको भिडियोमा दिपाशा बिसी, बबिन ठकुरी, नन्द बस्याल र यम गुरुङकै अभिनय रहेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि