बैशाख १४, २०८१, शुक्रबार
               

प्रधानमन्त्री ओलीकाे कोरोना रिपोर्ट नेगेटिभ

नेपाल फ्ल्यास
साउन २३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे पिसिआर रिपोर्ट नेगेटिभ आएकाे छ । 

शुक्रबार बिहान परीक्षणका लागि स्वाब लिइएकोमा प्रधानमन्त्री ओलीकाे रिपाेर्ट नेगेटिभ आएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । 

बालुवाटारबाट बुधबार बिहान प्रधानमन्त्रीसहित नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कानूनमन्त्री डा.शिवमाया तुम्बाहाम्फे, प्रधानमन्त्रीका मुख्यसल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी गरी ७ जनाकाे स्वाब लिइएकाे थियाे ।

प्रेस सल्लाहकार थापाका अनुसार सबैजनाकाे रिपोर्ट नेगेटिभ आएकाे हाे । 


कस्तो लाग्यो ?

यो पनि