बैशाख १४, २०८१, शुक्रबार
               

सरकारले ल्यायो चाडपर्व मनाउने मापदण्ड

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

काठमाडौं । दशैँ, तिहार, छट र तीजस्ता चाडपर्व नजिकिँदै गर्दा सरकारले चाडपर्व, जात्रा र उत्सव मनाउँदा पालना गर्नुपर्ने मापदण्ड ल्याएको छ ।

सरकारले जात्रा तथा धार्मिक सभा समारोह गर्न रोक लगाए पनि जनस्तरबाट अवज्ञा भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड ल्याएको हो ।

चाडपर्व, जात्रा र उसत्व मनाउँदा एउटै घरमा बसोबास गर्नेबाहेक अन्यसँग भेटघाट नगर्ने र गर्नैपर्ने भएमा दुई मिटरको दुरी कायम गर्न भनिएको छ । यस्तै धार्मिक स्थलमा हुने भेला तथा कार्यक्रममा बढीमा २५ जना मात्र भेला हुन, भौतिक दुरी कायम गर्न, रेलिङ, बार, देवीदेवताको मूर्ति नछुन, सार्वजनिक स्थानमा जथाभावी नथुक्न भनिएको छ ।

यस्तै ज्वरो, खोकी तथा श्वासप्रश्वासको समस्या भएकाहरु, ६० वर्षभन्दा माथि र १२ वर्षभन्दा कम उमेर, गर्भवती तथा सुत्केरी, रोग प्रतिरोधी क्षमता कम भएका, दीर्घरोगी, अंग प्रत्यारोपण गरेकाहरु, मेडिकल उपकरण शरीरमा राखेर हालसालै सर्जरी गरेकाहरुलाई चाडपर्व, जात्रा र उसत्वमा सहभागी नहुन भनिएको छ ।

यो पनि