बैशाख १५, २०८१, शनिबार
               

अस्पतालमा बेड र स्वास्थ्यकर्मी अभाव हुनसक्छन् : स्वास्थ्य मन्त्रालय

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकालागयत घनाबस्ती भएका क्षेत्रमा उपकरण र स्वास्थ्यकर्मीको अभवा हुने खतरा औल्याएको  छ । यी क्षेत्रमा कोरोना संक्रमण वृद्धि भएकाले अस्पतालका बेड, उपकरण र स्वास्थ्यकर्मीको अभवा हुने सम्भावना आउन सक्ने खतरा औल्याएको हो ।

यसका अलवा आमसर्वसाधारणलाई सुरक्षा सावधानी अपनाउन आग्रह गरिएको छ। कोरोनाको औषधि नबनेकाले रोग लाग्नबाट बच्न सावधानी अपनाउन भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो । काठमाडौंमा संक्रमित बढ्दै गएपछि यस्तो चेतावनी आएको हो । बिहीबार काठमाडौं उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ मन्त्रालयको बिहीबार नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले भने, ‘काठमाडौं उपत्यकालगायत घनाबस्ती भएका शहरमा संक्रमण वृद्धि भएको छ, यसैले सबैले  स्वास्थ्यसम्बन्धी सबै सावधानी अपनाऔँ ।’

कोरोनाको औषधि नबनेकाले रोग लाग्नबाट बचौँ भन्दै उनले मन्त्रालयको तर्फबाट यस्तो आग्रह गरेका हुन् ।  

‘अहिलेसम्म यसको औषधि बनेको छैन,’ उनले भने, ‘अक्सिजन र भेन्टिलेटरले सहयोग गर्ने मात्र हो । संक्रमण बढ्दै गएमा हाम्रा अस्पतालले धान्न सक्दैन । स्वास्थ्यकर्मी पनि अपुग हुन सक्छ । अकालमा ज्यान गुमाउनु पर्ने हुन सक्छ ।’

उनले नेपालीहरूको चाडवाड नजिकिँदै गएकाले त्यसलाई मनाउने क्रममा पनि जनस्वास्थ्यका सबै मापदण्ड अनिवार्य पालना गर्न सचेत गराएका छन् । चाडवाड, जात्रा र उत्सव मनाउँदा सचेत भएर तोकिएको मापदण्ड पालना गर्न उनले अपिल गरेका छन् । काठमाडौंमा कोरोना संक्रमित बढेपछि अस्पतालमा आईसोलेसन अभाव भएको छ । कतिपय संक्रमितलाई घरमै आइसोलेसन बनाएर राखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि