बैशाख १५, २०८१, शनिबार
               

प्रचण्डसहित परिवारका सबै सदस्यको आयो रिपोर्ट

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको कोरोना भाइरस (कोभिड–१९) परीक्षण रिर्पोट नेगेटिभ आएको छ ।

प्रचण्डसहित परिवारका सदस्यहरू ५३ जनाको विध म्यानेजमेन्ट प्रालीको प्रयोगशालामा स्वाब परीक्षण गर्दा ६ जना सुरक्षाकर्मीमा भने संक्रमण देखिएको छ ।

६ जना सुरक्षाकर्मी बाहेक सबैको रिर्पोट नेगेटिभ आएको प्रचण्डकी निजी सचिव (छोरी) गंगा दाहालले जानकारी दिएकी छिन् ।

उनले भनेकी छिन्, ‘अध्यक्ष लगायत हामी सम्पूर्ण परिवारका सदस्यहरू, सुरक्षाकर्मीहरू र सचिवालयका सदस्यहरूले कोभिड–१९ स्वाब परीक्षण गर्दा, बाहिरी घेरामा रहनुहुने ६ जना सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको छ । ६ जना बाहेक हामी सबैको रिर्पोट नेगेटिभ आएको जानकारी गराउँदछु ।’


कस्तो लाग्यो ?

यो पनि