बैशाख १४, २०८१, शुक्रबार
               

सुशान्तको यादमा बहिनीले लेखिन् यस्तो भावुक सन्देश

एजेन्सी
साउन २०, २०७७

ADVERTISEMENT

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युले उनका फ्यानहरु निकै निराश भएका छन् । 

सुशान्तको परिवार पूरै शोकमा डुबेको छ । सुशान्तकी बहिनीले दाजुको यादमा भावुक पोस्टहरु लेखिरहेकी हुन्छिन् ।

यस वर्ष सुशान्तकी बहिनीले दाजुलाई राखी लगाइदिन पाइनन् । राखीको दिन सुशान्तकी बहिनी मीतू सिंहले निकै भावुक पोस्ट गरेकी छिन् ।

मीतूले सुशान्तसँगको पुरानो फोटो सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । राखीको दिनमा उक्त तस्विर खिचिएको थियो । 

फोटोसँगै उनले लेखेकी छिन्, 'भाइ अझैसम्म हामीलाई अपत्यारिलो लागिरहेको छ । यो कुरा यकिन हुन सकेको छैन कि भौतिक रुपमा तिमी हामीसँग छैनौ । तिमी गएपछि असह्य पीडा र खालीपन महसुस भएको छ, त्यो म अभिव्यक्त गर्न सक्दिन ।'

उनले अगाडि लेखेकी छिन्, 'मेरो भाइ हाम्रो पवित्र सम्बन्धलाई सधैं मेरो दिलमा राख्नेछु र सधैंको लागि जिउँदो राख्नेछु ।'


कस्तो लाग्यो ?

यो पनि