चैत ०६, २०८०, मंगलबार
               

राममन्दिर निर्माण शुभारम्भ, उत्सवको रुपमा मनाउन विश्व हिन्दू परिषदको आह्वान

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

काठमाडौं । अयोध्यामा भोलि (बुधबार) साउन २१ गते श्रीराममन्दिर निर्माण कार्यको शुभारम्भ हुने भएको छ । भारतको अयोध्यालाई भगवान श्रीरामचन्द्रको जन्मभूमि मानिन्छ ।

त्यस दिनलाई विश्व हिन्दू परिषद नेपालले उत्सवको रुपमा मनाउने निर्णय गरेको छ । 

विश्व हिन्दू परिषद नेपालले कोरोना महामारीको प्रकोपलाई मध्यनजर गर्दै उक्त दिन स्थानीय स्तरमै उत्सव मनाउन सम्पूर्ण सनातनी हिन्दू धर्मावलम्बीहरुलाई आग्रह गरेको छ ।

उक्त दिन सामाजिक दुरी कायम गर्दै श्रीराम स्तुति (भजन कीर्तन), सोभा यात्रा र दिपोत्सव गर्न परिषदले आह्वान गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि