बैशाख १३, २०८१, बिहीबार
               

अयोध्यामा राम मन्दिरको भूमि पूजा काशीका पुजारीले गर्ने, मोदी सहभागी हुने

एजेन्सी
साउन ०४, २०७७

ADVERTISEMENT

भारतको अयोध्यामा राम मन्दिर निर्माणको लागि ५ अगस्टमा भूमि पूजा हुने भएको छ ।

राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले शनिबार त्यहाँको प्रधानमन्त्री कार्यालयलाई ३ अगस्ट र ५ अगस्टको तारिख पठाएको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री कार्यालयले भूमि पूजाको लागि ५ अगस्टको तारिख तय गरेको हो । 

खबर अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उक्त भूमि पूजामा सहभागी हुनेछन् । 

शनिबार राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टको बैठक बसेको थियो । बैठकमा राम मन्दिर निर्माण समितिका अध्यक्ष नृपेन्द्र मिश्रसहित १२ सदस्य सहभागी थिए ।

ट्रस्टका अध्यक्ष महन्त नृत्यगोपाल दासले प्रधानमन्त्री मोदीलाई अयोध्याको निमन्त्रणा पठाइसकेका छन् । अयोध्यामा १६१ फिट उचाइको राम मन्दिर बन्नेछ ।

प्रधानमन्त्री मोदी ५ अगस्ट बिहान ११ बजेदेखि ३:१० सम्म अयोध्यामा रहने कार्यतालिका रहेको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले उल्लेख गरेको छ ।

भूमि पूजासँग सम्बन्धित कार्यक्रम बिहान ८ बजेदेखि सुरु हुने बताइएको छ । काशीका पूजारीले भूमि पूजा गर्ने कार्यक्रम छ । त्यसपछि मोदीले मन्दिरको आधारशिला राख्ने कार्यक्रम छ ।

तीनदेखि साढे तीन वर्षभित्र मन्दिर निर्माण कार्य सकिने श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका जनरल सेक्रेटरी चंपत रायले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि