बैशाख १४, २०८१, शुक्रबार
               

बालुवाटारमा ओली-प्रचण्ड-खनालबीच छलफल हुँदै

नेपाल फ्ल्यास
साउन १८, २०७७

ADVERTISEMENT

पार्टीभित्र देखिएको विवाद समाधान गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् ।

उनीहरु आइतबार बिहानैदेखी  प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा छलफल जुटिरहेका हुन् । दुई अध्यक्षसहित वरिष्ठ नेता झलनाथ खनाल पनि छलफलमा सहभागी छन् ।

नेकपा विखण्डनको बाटोतर्फ मोडिएको देखिदैगर्दा प्रचण्डले खनाललाई पनि साथै लिएर गएका हुन् । छलफल बिहान पौने १० बजेदेखि सुरु भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।

केही दिनयता नेकपाका दुई अध्यक्षबीच संवादहीनताको अवस्था थियोे । बिहीबार महासचिव विष्णु पौडेललाई बोलाएर निकास निस्कने गरी छलफल गर्न प्रस्ताव गरेका थिए ।

पार्टीमा वरिष्ठ नेताद्वय खनाल र माधवकुमार नेपालको साथ पाएका दाहाल पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई एउटा पद त्याग्न लगाउने पक्षमा छ । तर प्रधानमन्त्री दुवै पद नछाड्न दृढ देखिन्छन् ।

यसअघि उपाध्यक्ष वामदेव गौतमले अघिल्लो मंगलबार मङ्गलवार सहमतिको विकल्पको रूपमा ओलीलाई नै प्रधानमन्त्री दिनुपर्ने प्रस्ताव राखेका थिए ।  

मध्यमार्गी देखिने उपाध्यक्ष गौतमको प्रस्तावमा ओलीको दुवै पद कायम राख्दै दाहाल ‘सम्पूर्ण कार्यकारी अधिकार सहित अध्यक्षको जिम्मेवारीमा रहने’ उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि