चैत १६, २०८०, शुक्रबार
               

कोरोनाबाट थप दुई पुरुषको मृत्यु

नेपाल फ्ल्यास
साउन १६, २०७७

ADVERTISEMENT

काठमाडौं । विश्वभर महामारीको रुपले फैलिएको कोरोना भाइरसबाट नेपालमा  थप दुई जना पुरुषको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५४ जना पुगेको छ । वीरगञ्जामा बिहीबार दुई जनाको कोरोनाबाट मृत्यु भएपछि मृतक संख्या ५४ पुगेको हो ।

यसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौंले भने औपचारीक पुष्टि गर्न बाँकी रहेको छ । बिहीबार वीरगञ्जस्थित कोरोना अस्पतालमा उपचाररत ३५ वर्षीय पुरुष र अर्का ६५ वर्षीय पुरुषको मृत्यु भएपछि कोरोना पुष्टि भएको उक्त अस्पतालले जनाएको छ ।

कोरोना अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका–१६ नगवाका ३६ वर्षीय युवाको उपचारको क्रममा मृत्यु भएको अस्पतालका डा. निरज सिंहले बताए । मंगलबार अस्थाई कोभिड अस्पताल गण्डकमा भर्ना भएका ती पुरुषको उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको उनको भनाइ छ ।

उनी गत साउन ५ गते ज्वरो आएर एक निजी किल्निकमा उपचार गराएका उनलाई पछि तराई हस्पिटलमा भर्ना गरिएको थियो । यस्तै, वीरगञ्ज–२ छपकैयाका ६५ वर्षीय पुरुषको मृत्यु पछि कोरोना पुष्टि भएको बताइएको छ । उनको घरमै मृत्यु भएको सूचना आएपछि  स्वाब संकलन गरिएको थियो ।  
 
 
 
 


कस्तो लाग्यो ?

यो पनि