बैशाख १४, २०८१, शुक्रबार
               

झरनाको नजरमा अपरिपक्क साम्राज्ञी

नेपाल फ्ल्यास
साउन १४, २०७७

ADVERTISEMENT

केही समय अगाडि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूले काम गरेको ३ वटा व्यानरलाई आरोप लगाइन् । उनले डेब्यु चलचित्र ‘ड्रिम्स’, दोस्रो चलचित्र ‘ए मेरो हजुर २’ र चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को टिमबाट आफूलाई शोषण भएको बताएकी थिइन् । 

यस कुराबाट ‘ड्रिम्स’का निर्माता तथा निर्देशक भुवन केसीसँग त साम्राज्ञीको युद्ध नै चलेको छ । तर दुई व्यानरले केही बोलेका थिएनन् । 

यस्तैमा, ‘ए मेरो हजुर २’ निर्देशक झरना थापाले पनि साम्राज्ञीको आरोपको विषयमा बोलेकी छिन् । साम्राज्ञी अपरिपक्क भएको भन्दै उनले त्यसलाई केही सुधार गर्नुपर्ने बताएकी छिन् । 

उनले भनेकी छिन्, ‘साम्राज्ञी राम्रो काम गर्ने नायिका हुन् । उनी उत्तिकै मेहनती पनि छिन् । उनीमा धेरै सम्भावना छ ।’

आफूलाई लगाएको आरोपमा झरानाले भनेकी छिन्, ‘सुटिङमा कुनै विवाद भएको थिएन । टिममा काम गर्दा केही चित्त दुखेको थियो होला । व्यावस्थापनमा भएको कमजोरीले उनलाई बिझेको रहेछ । त्यो अहिले पत्तो पाएँ ।

यो पनि