बैशाख १५, २०८१, शनिबार
               

केन्द्रीय समितिको बैठकको माग गर्दै नेकपामा हस्ताक्षर संकलन सुरु

नेपाल फ्ल्यास
साउन १४, २०७७

ADVERTISEMENT

काठमाडौै । केन्द्रीय समितिको बैठकको माग गर्दै नेकपाका केही नेताले हस्ताक्षर पार्टी कन्द्रीय कार्यालय धुम्बाराहीमा हस्ताक्षर संकलन सुरु भएको छ । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केही नेताले केन्द्रीय समितिको बैठक माग गर्दै पार्टीलाई हस्ताक्षर बुझाउने तयारी गरेका  हुन् । 

स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगितपश्चात् बुधबार पार्टीको केन्द्रीय कार्यालयमा केही नेताले यस्तो तयारी गरेका हुन् । 

उनीहरुले पार्टीको आन्तरिक विवाद समाधानका लागि केन्द्रीय समितिको बैठक हुनुपर्ने बताएका छन् ।

केपी शर्मा ओलीले प्रधानमन्त्री र नेकपाको अध्यक्ष दुवैबाट राजीनामा दिनुपर्ने कुरा स्थायी कमिटी बैठकमा उठेपछि पार्टीमा विवाद उत्पन्न भएको छ । 

प्रधानमन्त्री ओलीले आफूले राजीनामा नदिने अडान लिएका छन् भने  अर्का अध्यक्ष प्रचण्ड, सचिवालय सदस्य माधवकुमार नेपाल, झलनाथ खनाललगायतका बुहमत सदस्यले राजीनामा माग गरिरहेका छन् । यसबारे पार्टीमा विवाद चर्किँदै गएपछि केन्द्रीय समितिको माग गर्दै हस्ताक्षर अभियान चलाइएको थियो ।

हस्ताक्षर संकलन भएपछि पार्टीलाई बुझाउन लागिएको छ । केन्द्रीय समितिको एक चौथाइ सदस्यले केन्द्रीय समितिको माग गरेपछि बैठक बसाउन सकिने प्रावधानअनुसार नै हस्ताक्षर अभियान शुरु गरिएको हो ।

यो पनि