बैशाख १५, २०८१, शनिबार
               

नेपालको भारतलाई जवाफ : नेपालीलाई लिम्पियाधुरालगायत क्षेत्रमा आवतजावतमा बाधा नगर्नू

नेपाल फ्ल्यास
साउन १४, २०७७

ADVERTISEMENT

लिम्पियाधुरामा नेपालीको आवतजावतमा बाधा नगर्नु भन्दै जिल्ला प्रशासन कार्यालय, दार्चुलाले भारतको धार्चुला जिल्ला मजिस्ट्रिटलाई जवाफ पठाएको छ ।

लिम्पियाधुरालगायत हाल विवादित देखिएका भूमिमा अवैद्य रुपमा नेपाली प्रवेश गरेको भन्दै सो क्षेत्रमा आवतजावत नगर्न र नगराउन भन्दै पत्र पत्र पठाएपछि नेपालले मंगलबार सोको जवाफ भारत पठाएको हो । 

नेपालले भारतलाई पठाएको सो पत्रमा लिम्पियाधुरालगायत भूमि नेपालकै भूभाग भएकाले त्यसक्षेत्रमा नेपालीको आवतजावत हुनु स्वाभाविक रहेको व्यवहोराको पत्र पठाएको छ । 

जलाई २०मा धार्चुलाका उपजिल्लाधिकारी अनिलकुमार शुक्लाले कालापानी, गुन्जी, लिम्पियाधुरा लगायतका क्षेत्रमा नेपालीको प्रवेश रोक्न आग्रह गर्दै नेपालको दार्चुलाका जिल्लाका प्रजिअलाई पत्र लेखेका थिए ।

नेपाल–भारतबीच धेरै ठाउँमा सीमा विवाद हुँदै आएको छ । नेपालले बारम्बार  सीमा विवास हल गरौँ भन्दै अपील गर्दै आएको छ । तर,  भारतले सोको बेवास्था गर्दै आएको छ । 

भारतले अटेर गरेपछि नेपालले लिम्पियाधुरासहितको आफ्नो प्रशासनिक तथा राजनीतिक नक्सा जारी गरेको छ । सीमाविद्हरूका अनुसार लिम्पियाधुरा, कालापानी क्षेत्रमा मात्रै भारतले करिब ३९ हजार ५०० हेक्टर नेपाली भूमि अतिक्रमण गरेको छ ।

नेपाल भारतबीच देखिएको सीमा विवाद समाधानका लागि नेपाल-भारत प्रबुद्ध समूह गठन गरिएको छ । सो समूहले नेपाल भारतमा पटक पटक गरी ९ पटक बैठक गरी प्रतिवदेन दुवै सरकारलाई बुझाएको छ । 

तर, भारतले विभिन्न बाहनामा सो प्रतिदेन बुझेको छैन ।


कस्तो लाग्यो ?

यो पनि