बैशाख १५, २०८१, शनिबार
               

ओलीलाई हटाएर माधव-दाहाल प्रधानमन्त्री बन्न खोज्नु गलत हो : सिपी गजुरेल

नेपाल फ्ल्यास
साउन १३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेललेले ओलीलाई हटाएर प्रचण्ड–माधवलाई प्रधानमन्त्री बनाउन खोज्नु गलत भएको बताएका छन् । 

मंगलबार संवाद क्लब नेपालले काठमाडौंमा गरेको अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

‘ देशमा देखा परेका समस्या समाधानको बाटो प्रधानमन्त्री केपी ओलीको राजीनामा होइन,’ उनले भने, प्रधानमन्त्रीले राजीनामा गरेर समस्याको हल हुँदैन ।’

नेता गजुरेलले प्रधानमन्त्री ओलीलाई राजीनामा गराएर हिजो सत्ताको नेतृत्व गरेका पात्र प्रचण्ड, माधव नेपाल, र शेरबहादुर देउवालाई सत्तामा ल्याउन खोज्नु समस्याको बाटो नभएर झन् दुर्घटनाको बाटो  भएको बताएका छन् । 

यसका अलवा उनले अहिलेको संकट ल्याउनमा प्रधानमन्त्रीको दोष नभएको बताएका छन् । उनले आफूहरुले गरेको जनयुद्ध अहिलेको व्यवस्थाका लागि नभएर जनगणतन्त्रको लागि गरेको बताए । 

‘अहिलेको राज्य व्यवस्था र विगतको राज्य व्यवस्थामा कुनै फरक छैन,’ उनले भने, नेकपालाई जनताले दुई तिहाईको बहुमत दिएर जिताए पनि जनताको पक्षमा कुनै राम्रो काम  भएन ।’

यसका अलवा उनले एमसीसी पास गरेर अमेरिकन सेना नेपाल आउन दिएर चीनसँग लड्न नेपाली भूमि दिने खेल भइरहेको  बताए । साथै, उनले नेपालमा एमसीसी राष्ट्रिय हितविपरीत  रहेको उनको ठम्याइ थियो ।


कस्तो लाग्यो ?

यो पनि