बैशाख १४, २०८१, शुक्रबार
               

विशेष रणनीति बनाउन प्रधानमन्त्रीलाई देउवाको सुझाव

नेपाल फ्ल्यास
साउन ०८, २०७७

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटे गरेका छन् । 

भेटमा उनले कोरोना र बाढी पहिरोका सम्बन्धमा नेपाली कांग्रेसका तर्फबाट विशेष ध्यानाकर्षण गराएका छन् ।

भेटमा देउवाले बन्दाबन्दीका बाबजुद संक्रमितको संख्या २० हजार पुग्न लागेको र तीन दर्जन बढीको मृत्यु भएको स्थितिमा बन्दाबन्दी खुलेपछि थप चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माणका लागि आग्रह गरे । 

उनले परीक्षण पीसिआर प्रविधिबाट मात्रै गर्न आग्रह गर्दै, क्वारेन्टाइनहरू अझै पनि मापदण्डयुक्त बनाउन सरकारले ध्यान नदिएकोमा आपत्ति प्रकट गरे ।

साथै बाढी र पहिरोमा परेर देशका विभिन्न स्थानमा कयौँको मृत्यु, कयौँ बेपत्ता र सयौँ घरबार विहीन भएको हुँदा सरकारले उद्धार, राहत र पुनर्स्थापनाका लागि युद्ध स्तरमा कार्य गर्न पनि देउवाले अनुरोध गरेका थिए ।

यो पनि