बैशाख १५, २०८१, शनिबार
               

बाह्रबिसे उडेको सभामुखसहितको टोली धुलिखेलबाटै फर्कियो

नेपाल फ्ल्यास
असार २५, २०७७

फाइल फाेटाे
ADVERTISEMENT

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीले पुर्‍याएको क्षति अवलोकनका लागि हेलिकोप्टरमा घटनास्थलतर्फ गएको सभामुखसहितको टोली बीचबाटै फर्किएको छ ।

बिहीबार बिहान सभामुख सापकोटासहितको टोली काभ्रेको धुलिखेलबाटै फर्किएको हो । मौसम प्रतिकूल हुँदै गएका कारण हेलिकोप्टर धुलिखेलको आकाशबाटै काठमाडौं फर्किएको हो ।

बिहान ९ बजे सभामुख सापकोटासहितको टोली उडेको हेलिकप्टर बीचबाटै फर्किएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

बाह्रबिसेमा बाढी र पहिरो क्षति अवलोकन गर्न र उद्धरको ब्यवस्था थप मिलाउन गएको टोली घटनास्थल पुग्न नसकेको उनले बताए ।

सो क्षेत्रमा फेरि ठूलो पानी पर्ने देखिएको छ, अब अनुकुल मौसम हुनासाथ घटनास्थलतर्फ जाने तयारी रहेको समेत उनले जानकारी दिए ।

सापकोटा सिन्धुपाल्चोकबाट निर्वाचित जनप्रतिनिधि (सांसद) हुन् ।


कस्तो लाग्यो ?

यो पनि