बैशाख १३, २०८१, बिहीबार
               

बााह्रविसेमा उद्धार टोली खटाउन देउवाको आग्रह

नेपाल फ्ल्यास
असार २५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसेमा उद्धार टोली खटाउन सरकारलाई  आग्रह गरेका छन् । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले सामाजिक सञ्जाल ट्विटरमार्फत सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा अविरल वर्षाका कारण आएको बाढीपहिरोले ठूलो जनधनको क्षति पुगेको भन्दै तत्काल उद्धार टोली खटाएर मानवीय र भौतिक क्षति हुनबाट जोगाउन आग्रह गरेका हुन् । 

सभापति देउवाले सिन्धुपाल्चोकका कांग्रेसका नेता तथा कार्यकर्तालाई समेत तत्काल उद्धार कार्यमा खटिन निर्देशन दिएका छन् । 

आज बिहान आएको बाढी, पहिरोका कारण बाह्रबिसे क्षेत्रमा करिब एक दर्जन घर बगाएको छ भने दुई दर्जन मानिस बेपत्ता भएका छन् । 

भोटेकोशी वरपर खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा ठूलो क्षति पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि