बैशाख १२, २०८१, बुधबार
               

सिन्धुपाल्चोकमा बाढीले क्षति (फोटो फिचर)

नेपाल फ्ल्यास
असार २५, २०७७

ADVERTISEMENT

मलेम्ची । गए रातिदेखि अविरल वर्षाले सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाँउमा ठूलो क्षति भएको छ ।

त्यस क्षेत्रमा उद्धारका लागि निस्किएको नेपाली सेना प्रहरी पनि जम्बुसम्म पनि पुग्न नसक्ने अवस्था भएकाले स्थानीयवासीले समयमा साथ पाउन नसकिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

बाह्रबिसे नगरपालिकाको जम्बुका ठाडो खोलामा आएको बाढीले १५ घर बगाएको छ भने दुई जनाको शव भेटिनुका साथै १८ जना अझै बेपत्ता भएका छन् ।

स्थानीयवासीले जम्बु निवासी २० वर्षका निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको शव स्थानीयले भेटेका छन् । अरुको सुरक्षाकर्मी र स्थानीय बासिन्दाले खोजीकार्य गरिरहेका छन् । तस्वीरः रासस


 


कस्तो लाग्यो ?

यो पनि