बैशाख १४, २०८१, शुक्रबार
               

शुल्क लिई पिसिआर परीक्षण गरे कारबाही गर्ने चेतावनी

नेपाल फ्ल्यास
असार २४, २०७७

corona briefing photo 2
ADVERTISEMENT

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क लिएर पिसिआर परीक्षण गर्नेलाई कारबाही गर्ने बताएको छ । 

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गाैतमले केही स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थानीय तहलाई शुल्क माग गरेको बताउँदै यस्तो बताएका हुन् ।

‘सबै कोभिड-१९ सम्बन्धी परीक्षणको व्यवस्था सरकारको खर्चमा भइरहेको  छ,’ उनले भने,  ‘त्यसो गरे कारबाही हुनेछ ।’ 

उनले हाल वीर, टिचिङ र पाटन तीन सरकारी अस्पताललाई मात्र परीक्षणको अनुमति दिइएको बताए । 

उनले यदि कसैले स्वेच्छाले परीक्षण गर्न चाहेमा उल्लेखित अस्पतालमा गएर परीक्षण गर्न सक्ने बताए । उनले भने, ‘जसका लागि मन्त्रालयले परीक्षण शुल्क पाँच हजार पाँच सय रुपैयाँ तोकेको छ।’

उनले अहिलेसम्म सरकारले कोभिड परीक्षणका लागि सिफारिस गरेका तीन अस्पतालमा  कुल  पाँच सयभन्दा बढीले शुल्क तिरेर परीक्षण गरेको जानकारी उनले दिए । 


कस्तो लाग्यो ?

यो पनि