बैशाख १४, २०८१, शुक्रबार
               

चक्र बमको 'गाजल' (भिडियो)

नेपाल फ्ल्यास
असार २३, २०७७

ADVERTISEMENT

नेपाली सङ्गीत क्षेत्रका एक जल्दाबल्दा मोडल, गायक तथा सर्जक हुन चक्र बम ।

यती बेला बजारमा उनको देउडा गीत 'गाजल' सार्वजनिक भएको छ ।

फरक धारका गीत सङ्गीतमा रुचि राख्ने बमको पछिल्लो गीत 'गाजल'मा चक्र बमकै शब्द, सङ्गीत र स्वर छ ।

गीतको म्युजिक भिडियो बमले आफ्नै यूटूब च्यानलमार्फत सार्वजनिक गरेका छन् ।

भिडियोमा बमसहित र टिकटक स्टार गीता ढुङ्गाना छिन् ।

विक्रम चौहानले निर्देशन गरेको भिडियोमा प्रकाश खड्काको छायाङ्कन र मिलन विश्वकर्माको सम्पादन रहेको छ । 

 


कस्तो लाग्यो ?

यो पनि