बैशाख ०८, २०८१, शनिबार
               

अब मेरो सेयरको पासवर्ड परिवर्तन गर्न बैंक धाउनु नपर्ने

नेपाल फ्ल्यास
भदौ ०४, २०७८

ADVERTISEMENT

शुक्रबारदेखि केन्द्रीय निक्षेप प्रणाली(सिडीएससी)ले मेरो शेयरको वेबसाइटमा पासवर्ड परिवर्तन गर्ने नयाँ फिचर थप गरेको छ । परिर्वतन गरिएको नयाँ फिचरमा अब मेरो शेयर खाता भएका सर्वसाधारणले आफैं पासवर्ड परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको छ।

अब नयाँ फिचर आएसँगै मेरो शेयरको पासवर्ड बिर्सिएकाहरुले मेरो शेयरको फरगेट पासवर्डमा गएर क्लिक गर्न सक्नेछन् । उक्त फिचरमा क्लिक गरेसँगै लगानीकर्ताले आफ्नो निक्षेप सदस्यको नाम दाखिला गर्नु पर्नेछ। साथै आफ्नो युजर नेम र जन्ममिति दाखिला गरेपछि पासवर्ड परिवर्तन हुनेछ। परिवर्तित पासवर्ड सिस्टमले नै इमेलमा पठाउनेछ।

यसअघि मेरो सेयर प्रयोगकर्ताले पासवर्ड बिर्सिएमा सेवा पुनः सञ्चालन गर्नका लागि सम्बन्धित निक्षेप सदस्यलाई निवेदन दिनुपर्ने व्यवस्था थियो । उक्त व्यवस्थालाई सहज बनाउन सीडीएससीले मेरो सेयरमा नयाँ फिचर थपेको हो । 


कस्तो लाग्यो ?

यो पनि