बैशाख १२, २०८१, बुधबार
               

फेसबुकमा जुन २२ देखि नयाँ विषेशता

नेपाल फ्ल्यास
असार ०४, २०७८

ADVERTISEMENT

विश्वभरी लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा नयाँ विषेशता थप्ने तयारी भएको छ । 

अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी भइरहेको फेसबुकमा अधिकारीहरूले जानकारी दिएका छन् । फेसबुकमा यो सेवा आगामी जुन २२ देखि सुरु हुने जनाइएको छ । 

कम्पनीका अधिकारीहरूका अनुसार अप्रिलमा नै नयाँ विषेशताका बारेमा परीक्षण गरिएको थियो । परीक्षणबाट नतिजा सकारात्मक आएपछि अहिले पुरै तयारीका साथ जोड्न थालिएको हो । 

पोडकास्ट सेवा जोडिएपछि फेसबुक एपमा नै सिधै अडियो सामग्रीहरु सुन्न मिल्ने भएको फेसबुक कम्पनीले जनाएको छ । अडियो सेवाका बारेमा इमेलमार्फत जानकारी दिने र जोड्न सकिने व्यवस्था गर्न लागिएको पनि अधिकारीहरूले बताएका छन् ।

फेसबुकको न्युजफिडमै अडियो पोस्ट गर्न मिल्ने र त्यही बजाएर सुन्न मिल्ने व्यवस्था हुने भएको छ । कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरूलाई नोटिफिकेसन पनि जाने भएको छ । 


कस्तो लाग्यो ?

यो पनि